देश/प्रदेश

थप ८१४ जनामा कोरोना संक्रमण

By खबरहब

August 02, 2022

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप ८१४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर गरिएको २ हजार ७ सय ६२ पिसिआर परीक्षणका क्रममा ५ सय ९ जना र २ हजार ६ सय ५३ एन्टीजेन परीक्षणका क्रममा ३ सय ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु बहेको छैन । त्यस्तै थप २ सय ९९ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ९ लाख ७० हजार ६ सय २५ जना निको भएका छन् ।

 हाल नेपालमा ५ हजार १ सय ४४ सक्रिय संक्रमित आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।