तस्वीर : बिदेश मन्त्री ताइवान

अन्तर्राष्ट्रिय

अमेरिकी सभामुख पेलोसी ताइवानमा, चीनद्वारा विरोध

By खबरहब

August 02, 2022

काठमाडौँ – चीनको विरोधका बावजुत अमेरिकी संसदकी सभामुख न्यान्सी पेलोसी ताइवान पुगेकी छिन् । पेलोसी अमेरिकी सेनाको यूएस सी ४० विमानमा मलेसिया हुँदै ताइवानको राजधानी ताइपेइ पुगेकी हुन् ।

बेइजिङले ताइवान भ्रमण नगर्न चेतावनी दिंदा समेत पेलोसीको ताइवान भ्रमण भएको हो ।उनले ताइवान भ्रमणको क्रममा राष्ट्रपति साइ सिङलाई भेट्ने कार्यक्रम छ ।

अमेरिकी नेभी र एयरफोर्सका २४ वटा फाइटर विमान उनको सुरक्षामा खटाइएको थियो । उनको ताइवान भ्रमणले चीन र अमेरिका बीचको सम्बन्धमा थप तनाव थपेको छ । चीनले उनको भ्रमणप्रति कडा विरोध जनाएको छ ।

उनले ताइवान अवतरण गर्ने वित्तिकै सवा दुई करोड ताइवानीको लागि अमेरिकाको ऐक्यबद्धता अहिले सबैभन्दा महत्वपूर्ण भएको बताईन ।

पेलोसी ले ताइवानको लोकतन्त्रलाई सघाउने अमेरिकाको अटूट प्रतिबद्धताको सम्मान गरेको धारणा समेत राखिन् । पेलोसीले जारी गरेको वक्तव्यमा ताइवानी नेतृत्वसंगको छलफल दुई मुलुकका साझा हितको प्रर्वद्धनमा केन्द्रित हुने बताइएको छ ।