तस्बिर : बीबीसी

अन्तर्राष्ट्रिय

जिम्बाबेमा अफ्रिकाकै पुरानो डाइनोसरको अवशेष भेटियो

By खबरहब

September 02, 2022

काठमाडौं – जिम्बाबेमा अफ्रिकाकै सबैभन्दा पुरानो डाइनोसरको अवशेष भेटिएको अनुसन्धानकर्ताको दाबी गरेका छन्।

जिम्बाबेमा अफ्रिकाकै सबैभन्दा पुरानो डाइनोसरको अवशेष भेटिएको अनुसन्धानकर्ताले दाबी गरेका हुन्। एक मिटर अग्लो, दुई वटा खुट्टा र लामो घाटी भएको डाइनोसरको अवशेष भेटिएको अनुसन्धानकर्तालाई उद्धृत गर्दै बीबीसीले उल्लेख गरेको छ।

यो चार खुट्टाले हिँड्ने साउरोपोदोमोर्पको प्रजाति भएको अनुसन्धानमा उल्लेख छ। डाइनोसरको अवशेष सन् २०१७ र २०१९ मा गरिएको अध्ययनको क्रममा भेटिएको अनुसन्धानकर्ताले उल्लेख गरेका छन्।