फाइल फोटो

ब्रेकिङ स्टोरी

राष्ट्रिय सभामा नागरिकता विधेयकमाथिको छलफल आज पनि 

By खबरहब

September 02, 2022

काठमाडौं । राष्ट्रिय सभाको बैठक आज बस्दै छ । बैठकमा नागरिकता विधेयकमाथि छलफल हुने छ ।

राष्ट्रपतिबाट फिर्ता भई प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथि बिहीबारबाट छलफल सुरु भएको थियो ।

तर छलफलमा भाग लिन नाम उपलब्ध गराउने सांसदहरुको बोल्नेक्रम नसकिएसँगै बैठक आजका लागि बोलाइएको हो।

बैठक आज दिउँसो ३ बजे बस्नेगरी बोलाइएको छ । उक्त विधेयकमाथिको हिजोको छलफलमा भाग लिएर सांसद जीतेन्द्रनारायण देवले नागरिकता विधेयकमा प्रमुख प्रतिपक्षी दलले राजनीति गरेको आरोप लगाएका थिए ।

हेर्नुहोस् सम्भावित कार्यसूची