मनोरञ्जन

नैनाको विशेष प्रदर्शनी शनिबार

By खबरहब

September 02, 2022

काठमाडौँ – गुरुङ संस्कृतिमा आधारित नेपाली फिल्म ‘नैना’ को भोलि शनिबार राष्ट्रिय नाचघरमा विशेष प्रदर्शन हुने भएको छ । दीप गुरुङको निर्देशनमा बनेको फिल्ममा गुरुङ संस्कृतिलाई झल्काउने प्रयास गरिएको छ ।

दीप गुरुङ, सुकमान गुरुङ र एलिना गुरुङको निर्माणमा बनेको फिल्मको कथा जनक गुरुङले लेखेका हुन् । सुरज गुरुङ, आनन्द गुरुङ, लक्ष्मी गुरुङ, सीता गुरुङ, सुकमान गुरुङ, एलिना गुरुङ, कुमार समरी घले, टेकबहादुर गुरुङलगायतका कलाकारको अभिनय फिल्ममा छ।

मधुर बस्नेतको छायांकन रहेको फिल्ममा मेकबहादुर थापाको सम्पादन छ । फिल्ममा पवन रानाको संगीत, जितेन्द्र क्षेत्रीको शब्द छ ।