अन्तर्राष्ट्रिय

गर्भपतनमा कठोर जापान

By मनोज घिमिरे

September 02, 2022

गर्भपतन महिलाको हक हो या नवजात शिशुको जन्मने पाउने हकको हनन ? यो बहस वर्षौँ अगाडिदेखि संसारमा चलेको छ। यसै विषयमा केन्द्रित भएर गर्भपतन गर्न पाउने अधिकारबारे लामो बहस भए। संसारका धेरै देशमा यसबारे बहस भएका छन्। जापानमा गत मे महिनामा स्वास्थ्य मन्त्रालयका एक वरिष्ठ अधिकारीले गर्भपतन गर्ने चक्की प्रयोगको संसदबाट अनुमतिका लागि सम्पूर्ण तयारी भइसकेको जनाएका थिए। बेलायती औषधि उत्पादक कम्पनी लिनेफर्मा इन्टरनेसनलले यो निर्णय गरेको हो।

उनले यो चक्की दर्ता गर्नकै लागि पुरुषको सहमति भने अनिवार्य रहेको पनि बताएका छन्। एक समूहले भने यो निर्णय पितृसत्तात्मक चरित्रको उपज भएको आवाज उठाएका छन्। सर्जरीको साटो औषधि खाएर गर्भपतन गर्ने कुरालाई फ्रान्समा ३४ वर्ष अगाडि कानुनी मान्यता दिइएको हो। बेलायतले सन् १९९१ मा यसलाई अनुमोदन गरेको हो भने अमेरिकाले सन् २००० मा यसलाई मान्यता दिएको हो।

अहिले युरोपेली देशमा त गर्भपतन गराउनका लागि चक्कीको प्रयोग सामान्य भइसकेको छ। स्वीडेनमा ९० प्रतिशतले यस्तो चक्कीको प्रयोग गर्छन् भने स्कटल्यान्डमा ७० प्रतिशतको हाराहारीले यस्तो चक्कीको प्रयोग गर्छन्।

जापान भने यस मानेमा फरक नै छ। गर्भपतनको कानुनी बाटोको विषयमा जापानका घटनाक्रम युरोपेली देश भन्दा धेरैपछि छ। कहिले कहीँ जापानकै बारे मजाक पनि हुने गरेका छन्। त्यहाँ महिलाले गर्भ निरोधक चक्की प्रयोग गर्न पाउने कानुनी अधिकार पास हुनका लागि ३० वर्ष लाग्छ भने यौन दुर्बलता भएका पुरुषले भियग्रा प्रयोग गर्ने कानुन बन्नका लागि ६ महिना पनि पर्याप्त हुन सक्छ। यी दुवै कानुन सन् १९९९ मा बनेका थिए। तर, पछिल्लो कानुनले पहिले वैधानिकता पाएको हो।

अहिले युरोपेली देशमा त गर्भपतन गराउनका लागि चक्कीको प्रयोग सामान्य भइसकेको छ। स्वीडेनमा ९० प्रतिशतले यस्तो चक्कीको प्रयोग गर्छन् भने स्कटल्यान्डमा ७० प्रतिशतको हाराहारीले यस्तो चक्कीको प्रयोग गर्छन्।

जापानमा अझै गर्भ निरोधक औषधि सहजै पाइँदैन। यो महँगो छ र जहीँतहीँ पाइँदैन। गर्भपतन कानुन यत्ति धेरै ढिला हुने प्रसङ्ग पनि यी सबैसँग जोडिएका विषय हुन्। जापान गर्भपतनको कानुन पास गर्ने संसारको सुरुवाती देश मध्यको एक हो। सन् १९४८ मा जापानमा गर्भपतनको कानुन पास भएको थियो। यो ‘युजेनेक्स प्रोटेक्न ल’ अन्तरगत पनि थियो। यसको सोच महिलालाई प्रजनन स्वास्थ्य सम्बन्धमा पूर्ण अधिकार दिने नभएर जन्म दरलाई घटाउने थियो।

युजेनेक्स प्रोटेक्स लको पहिलो बुँदामा महिलाको जीवन र स्वास्थ्यमा पनि ख्याल राख्ने भन्ने उल्लेख भएको छ। सन् १९९६ मा यो परिमार्जित भएर मेटर्नल हेल्थ प्रोटेक्सन ल बनेको थियो। तर, यसमा पुराना कानुनका धेरै अवधारणा थिए। अहिले पनि जापानमा गर्भ पतन गराउँदा श्रीमान्, प्रेमी या गर्भ जसको हो त्यो पुरुष साथीको लिखित अनुमति पत्र अनिवार्य मानिएको छ।

ओटा मिटामी नामको एक महिलाको सवालमा यस्तै एउटा समस्या देखिएको थियो। ब्वाइफ्रेन्डले यौन सम्पर्कको समयमा कन्डोम प्रयोग गर्न नमाने पछि उनी गर्भवती भएकी थिइन्। अहिले पनि जापानमा कन्डोम परिवार नियोजनका लागि सबैभन्दा बढी प्रयोग हुने साधन हो। त्यस पछि ब्वाइफ्रेन्डले कागजमा हस्ताक्षर नगरे पछि उनी गर्भपतन गराउन असफल भएकी थिइन्। ‘ ‘म गर्भवती भएँ। मेरो शरीरमा कुनै एक बच्चा थियो। मलाई गर्भपतन गराउन कसैको अनुमति चाहिएको थियो। त्यो समयमा म शक्तिहीन भएको थिएँ। मेरो शरीर र मेरो भविष्यका बारे मैले कुनै निर्णय गर्न सकिन,’ उनले भनिन्। अमेरिकामा जस्तो जापानमा गर्भपतनलाई नकारात्मक लिइएको धार्मिक आस्थाका कारण होइन। यो लामो समयको धार्मिक विश्वासका कारण हो। मातृत्वका बारे उनीहरूको मान्यता र लामो समयको पितृसत्तात्मक सोचका कारण त्यहाँ गर्भपतनलाई नकारात्मक ठानिएको हो।

जापानमा गर्भपतन चक्की त्यत्तिकै महँगो पनि छ। यसको ७ सय अमेरिकी डलर मूल्य पर्छ। त्यत्ति मात्र होइन यो चक्की खाएपछि अस्पतालमा भर्ना हुनै पर्ने नियम छ। यो परम्परागत सर्जीकल गर्भपतन भन्दा धेरै लामो समयको प्रक्रियाको हुनसक्छ।

‘जापानमा यसलाई एकदम फरक ठानिन्छ’, मिटामीले भनिन् , ‘जब कुनै महिला गर्भवती हुन्छिन्, उनी महिलाको रूपमा रहन्न। आमाको रूपमा रहन्छिन्। जब आमा बनिन्छ , बच्चाका लागि सबै कुरा त्याग गर्न तयार हुनुपर्छ। जब गर्भवती भइन्छ, त्यो अन्य कसैको शरीर हो।’

जापानमा गर्भपतन चक्की त्यत्तिकै महँगो पनि छ। यसको ७ सय अमेरिकी डलर मूल्य पर्छ। त्यत्ति मात्र होइन यो चक्की खाएपछि अस्पतालमा भर्ना हुनै पर्ने नियम छ। यो परम्परागत सर्जीकल गर्भपतन भन्दा धेरै लामो समयको प्रक्रियाको हुनसक्छ। बेलायत लगायत संसारका धेरै देशमा भने यो चक्की आफैले घरमा प्रयोग गर्न पाउने प्रावधान छ।

‘मातृ स्वास्थ्य सुरक्षा ऐन’ अनुसार गर्भपतन स्वास्थ्य सुविधा सहित मात्र गर्न पाइन्छ। अहिलेको कानुन अनुसार गर्भपतन चक्की काउन्टरमा त्यत्तिकै बेच्नु अवैध हो’, जापानकी स्त्री रोग विशेषज्ञ सुजीयो मायडाले भनिन्।

धेरै अभियन्ता यो कानुन हटाउन सक्रिय भएर लागि परेका छन्। महिला स्वास्थ्यको सुरक्षा र वैज्ञानिक कारणले भन्दा पनि महिलालाई निस्फिक्री आफू अनुकूल चल्न नदिनका लागि यो सबै कानुन बनाइएको उनीहरूको तर्क छ।

‘आफू गर्भाधान प्रक्रियामा सामेल हुनु नपर्ने उमेर पाका भएकाबाट यो कानुन बनाइएको हो,’ एक गैर सरकारी संस्थाका सञ्चालक असुका सोमायले भनिन्। उनी पनि गर्भपतन सहज हुन नदिन पुरुष हाबी भएको समाज नै दोषी भएको बताउँछिन्।

उनको विचारमा गर्भपतनलाई सजिलो बनाउने हो भने धेरै महिलाले यो बाटो रोज्ने छन्। यस कारण उनीहरूले यो कानुन बनाएका हुन्। असुकाकै विचारमा यो समस्याको समाधान गर्न महिलामा यौन शिक्षा दिनु नै हो। गर्भ निरोधक साधन प्रयोग गर्ने सवालमा पुरुषको मात्र भर नपरे धेरै समस्या समाधान हुने उनको मत छ।

सामान्यतया यो चक्कीको प्रयोग गर्दा एकाध दिन रक्तस्राव हुने र जिउ दुख्ने लगायतको समस्या हुन सक्छन्। त्यसपछि लगत्तै मानिस दैनिक दिनचर्यामा जानसक्ने छन्।

युरोपमा गर्भ निरोधक चक्की सहज हुने भएकाले धेरैले यो प्रयोग गर्ने गरेका छन्। जापानमा भने तीन प्रतिशत महिला मात्र यो चक्की प्रयोग गर्छन्। उनले युवा महिलाको आवाज सुनेर कानुनमा परिर्माजनको आवश्यकता रहेको बताएकी छन्। सामान्यतया यो चक्कीको प्रयोग गर्दा एकाध दिन रक्तस्राव हुने र जिउ दुख्ने लगायतको समस्या हुन सक्छन्। त्यसपछि लगत्तै मानिस दैनिक दिनचर्यामा जानसक्ने छन्। धेरै अनुभवी महिलाको अनुसार एक या दुई दिन धेरै नै थकाइ लाग्ने छ। धेरै दिनसम्म कठिन काम गर्न र कठिन अभ्यास गर्न बर्जित गरिएको छ।

स्तनबाट केही दूध निस्कन पनि सक्ने छ। यसो भएमा यो पनि एकाध दिनमै ठिक हुनेछ। झाडापखाला या बान्ता हुने तथा ज्वरो आइ रहने समस्या देखिएमा भने यसबाट खतरा हुनसक्छ। यसो भएमा तत्काल चिकित्सकसँग भेटेर सल्लाह लिनुपर्ने हुन्छ। संसारका गर्भपतन कानुनबारे धेरै बहस भए। क्यानडा, आयरल्यान्ड, मेक्सिको र दक्षिण कोरिया लगायत देशमा गर्भपतनलाई अझै सहज लिइँदैन। लामो समयको छलफल र प्रक्रिया पार गरेर गर्भपतनको छुट दिइएको थियो। तर, त्यत्ति सहज भने ती कुनै पनि देशमा छैन।

मेक्सिकोमा सन् २०२१ सम्म गर्भपतन अवैध मानिएको थियो । गत वर्ष अदालतले नै यसलाई वैद्य ठहर गरे पछि धेरै राज्य गर्भपतनलाई छुट दिन राजी भएका थिए। निकारागुवामा त गर्भपतन अझ कठोर मानिन्थ्यो। गर्भपतन गराउने महिला या चिकित्सकलाई जेल सजाय हुने व्यवस्था थियो। सन् २००६ मा भने त्यहाँ धम्कीपूर्ण यौन सम्पर्क तथा बलात्कार भएमा गर्भपतन गर्न छुट पाउने कानुन बनेको थियो।

गर्भपतनको कानुन भिन्ना भिन्नै छ। संसारमा लामो बहसपछि संसारका धेरै देशले गर्भपतनका बारे भिन्न धारणा बनाएका छन्। तर, विकसित देशमध्य जापान गर्भपतन असहज भएको देशको रूपमा परिचित छ। स्रोत : न्युयोर्क टाइम्स, प्लान्डपेरेन्टहुड।