तस्वीर- मिनेट मोनिटर

अन्तर्राष्ट्रिय

पाकिस्तानमा भारी वर्षा र बाढीका कारण रेलमार्गमा क्षति, १९ जनाको मृत्यु

By खबरहब

September 02, 2022

काठमाडौँ- पाकिस्तानमा भारी वर्षा र बाढीका कारण रेल दुर्घटनामा पर्दा कम्तीमा पनि १९ जनाको ज्यान गएको छ ।

पाकिस्तानमा केही दिनयतादेखि भारी मात्रामा वर्षा भएको छ भने यसका कारण यहाँका कैयौँ स्थानमा पहिरो आएको छ । पहिरोका कारण सडकमा क्षति पुगेको छ ।

यसबाट रेलका लिगहरु पनि बिग्रिएको बताइएको छ । यसबाट रेल दुर्घटना परेको र कम्तीमा पनि २४ जनाको ज्यान गएको छ ।

यहाँको विपद् व्यवस्थापन प्राधिकरणले सो कुराको जानकारी दिएको हो । उक्त प्राधिकरणले यहाँको रेल सेवा पनि मौसमी वर्षाका कारण प्रभावित हुन पुगेको बताएको छ ।

बिहीबार राति सो प्राधिकरणले सार्वजनिक गरेको एक रिपोर्टमा गएको २४ घन्टामा १९ जनाको ज्यान गएको र त्यस दुर्घटनामा नौ जना बालबालिका र अरु सात महिला पनि परेका जानकारी गराइएको छ ।

भारी वर्षा र बाढीले पाकिस्तानमा ठूलो जनधनको क्षति हुन पुगेको छ । यहाँका एक हजारभन्दा बढी व्यक्तिको बाढीबाट ज्यान गएको छ भने अरु हजारौँ घाइते भएका छन् ।

बाटो, बिजुलीलगायतका भौतिक पूर्वाधारमा पनि यहाँको बाढी र पहिरोले क्षति पु¥याएको बताइएको छ । पाकिस्तानको दक्षिणी सिन्ध प्रान्त बाढी र पहिरोबाट सबैभन्दा बढी प्रभावित हुन पुगेको छ । हिजोमात्र सिन्ध प्रान्तमा १२ जनाको ज्यान गएको छ भने अरु कैयौँ घाइते भएका छन् ।