देश/प्रदेश

कोरोना संक्रमणका कारण एकै दिन ३ जनाको मृत्यु

By खबरहब

September 02, 2022

काठमाडौँ- पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणका कारण ३ जनाको मृत्यु भएको छ भने २०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ५९५ जनाको पीसीआर परीक्षण गर्दा १३४ जना र १ हजार २७४ जनाको एन्टिजेन परीक्षण गर्दा ७२ जनामा संक्रमण देखिएको हो।

पछिल्लो २४ घण्टामा ३९८ जना संक्रमणमुक्त भएका छन् ।