देश/प्रदेश

उदयपुरको बेलकामा एकै परिवारका ३ जनाको हत्या 

By खबरहब

September 02, 2022

उदयपुर – उदयपुरको बेलका नगरपालिकामा एकै परिवारका तीन जनाको विभत्स हत्या भएको छ ।

बेलका नगरपालिका–७, उदयपुरका राजकुमार बस्नेतसहित उनकी श्रीमती र छोराको हत्या भएको प्रहरीले जनाएको छ ।

उनीहरूको शव खोलामा भेटिएको थियो । घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ  ।