सांकेतिक तस्बिर

देश/प्रदेश

जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्‍यु

By खबरहब

September 02, 2022

झापा– झापामा जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्‍यु भएको छ । झापाको बुद्धशान्ति गाउँपालिका–५ बस्‍ने ३४ वर्षीया सम्झना श्रेष्ठको जंगली हात्तीको आक्रमणबाट मृत्‍यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक वसन्त पाठकका अनुसार जंगलबाट आएको हात्तीको आक्रमणबाट घाइते भएकी श्रेष्ठको उपचारको क्रममा ज्यान गएको हो । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।