काठमाडौँ- जुन किसिमबाट हामीले ऋण लिएका छौँ । त्यो ऋणको सदुपयोग पनि गर्न सकेका छैनौँ । त्यो किसिमले तिर्न सकेका छैनौँ । यसको भार भविष्यको लागि बढिरहेको छ ।
आजको अर्थतन्त्रको अवस्था धेरै नै चिन्ताको विषय छ । सरकारले आफ्नो तवरबाट यो मेन्टेन गर्न सक्ला जस्तो मलाई लाग्दैन ।किनभने हाम्रो खुला सिमाना भएकोले अर्को एउटा अनौपचारिक हिसाबबाट समान आयात हुन्छ ।
त्यसैले त्यो नीतिको प्रयोग हुँदैन । सरकार माथि भर राख्नु भन्दा पनि हामीले सरकारलाई कुनै फजुल खर्च नहोस्, सरकार तिमी ‘पोलीसी करप्सन’ नगर भनेर कुनै पनि सरकारलाई नङ्ग्याउने हुन्छ भनेर भन्नु पर्यो ।
अब राजनीतिलाई भन्दा अर्थतन्त्र बढी आवश्यकता छ । नागरिक क्षेत्रबाट अब नागरिकहरू आफै सचेत भएर यो सच्याउन सक्छौँ । हामीले स्वदेशी सामानलाई नै उपयोग गरेर र बाहिरी सामानलाई बहिस्कार गर्दा मात्र यो व्यापार घाटा हुने र विदेशी विनिमयको टाट हुने समस्याबाट मुक्त हुन्छौँ ।
हामीले नेपाली वस्तुमा विश्वास नै गर्दैनौँ । हाम्रो वस्तु बाहिरको भन्दा राम्रो छ, भन्ने आधार नै छैन । जसले दोस्रो बाटो रोजेर भन्सार नतिरी सामान ल्याउँछ, उसको मूल्य कम भयो र भन्सार तिरेर ल्याउनेको महँगो हुन्छ ।
यस्तै हो भने हामी ४ वर्ष जतिमा संकट भोग्छौँ । सरकारको ध्यान त्यता गएको छैन । किनभने उसलाई त सबै पुगिसक्यो । उसले कमाइसक्यो । त्यसैले हामी नागरिकले नै सचेत भएर स्वदेशी उत्पादनलाई नै जोड दिनु पर्दछ ।
अहिले विदेशी गाडीहरू बाइकहरू साइकलको एसेम्बिलिङको कुरामा हामी किन स्वदेशी एसेम्बल भएको प्रयोग गर्दैनौँ ? यसै हुँदै जाने हो भने अहिले व्यापारतिर गइराखेको ठुलो धन राशि उद्योगतिर ट्रान्स्फर हुँदै जान्छन् ।
४८ खर्बको जिडिपीमा निजी क्षेत्रले ४५ खर्ब परिचालन गरेको छ । खोइ त सबै नेताहरूबाट हिसाब खोज्दा पैसा नै छैन । सबैको हिसाब गर्नु पर्दछ । कसले कति र कहाँ लगानी गर्यो भनेर हेर्नु पर्यो । ऋण लिएपछि त्यसको ट्रयाकिङ हुनु पर्यो ।
अहिलेको सिस्टमहरूलाई हेर्दा नेपालको फाइनान्स सिस्टमहरू कोल्याप्स हुने हो कि भन्ने डर छ । किनभने १४ प्रतिशत ब्याजदरमा डिपोजिट लिएर के गर्नु हुन्छ ? त्यसको ऋण कसरी तिर्नु हुन्छ । आज पेन्सनमा पाइन्छ भन्ने ग्यारेन्टी छैन ।
मुलुक र अर्थतन्त्र बचाउन अध्यादेश, विधेयक ल्याउनुपर्ने अवस्था छ । मुलुकको सबै संरचना खलबलिएको छ । यस्तो होला भनेर हामीले कल्पना पनि गरेका थिएनौँ ।