प्रतिकात्मक तस्वीर ।

देश/प्रदेश

ठाडा दहमा डुबेर एक व्यक्तिको ज्यान गयो

By खबरहब

October 02, 2022

अर्घाखाँची – अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिकामा रहेको डमरु दहमा डुबेर एक व्यक्तिको ज्यान गएको छ ।

दहमा डुबेका शितगंगा ३ दह निवासी ३७ वर्षिय खिम बहादुर नेपालीको घटनास्थलमै ज्यान गएको हो ।

बिहान करिब ८ बजेतिर दहमा पसेका नेपालीलाई इलाका प्रहरी कार्यालय ठाडाको प्रहरी टोली र स्थानीयले पानी मुनि हिलाेमा गडेकाे अवस्थामा उद्धार गरेका थिए ।

उद्धार गर्नासाथ नेपालीलाई उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा पुर्याईएकाे छ । प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सक नभएका कारण मृत घोषणाको लागि भए पनि अन्यत्र पठाउने तयारी गरिएको छ ।

पानी मुनीबाट उद्धार गरिएका नेपालीको घटनास्थलमै ज्यान गएको इलाका प्रहरी कार्यालय ठाडाका प्रहरी निरीक्षक होमनाथ रेग्मीले बताए । “यहाँ चिकित्सक हुनुहुन्न, चिकित्सकले घोषणा नगरेसम्म मृत भन्न मिल्दैन” रेग्मीले भने “तर उहाँ जीवित भने हुनुहुन्न ।”

नेपालीको परिवारमा आमा, श्रीमती र दुई छोरी छन् । श्रीमती भने रोजगारीको क्रममा भारतमा रहेकी छन् ।