देश/प्रदेश

एमालेले टिकट वितरण दशैंपछि मात्रै गर्ने

By खबरहब

October 02, 2022

काठमाडौँ- नेकपा एमालेले आगामी निर्वाचनका लागि उम्मेद्वारलाई टिकट वितरण दशैंको टीकापछि मात्रै गर्ने भएको छ । अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरु टीकाको दिनसम्म गृह जिल्ला झापा रहने कार्यक्रम रहेकाले दशैंअघि टिकट वितरणको सम्भावना टरेको हो ।

ओलीका पिता झापा नै भएकाले टीका लगाएर मात्रै काठमाडौं फर्कने कार्यक्रम रहेको छ । प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार अध्यक्ष ओली सोमबार बिहान ११ बजे झापा जाँदैछन् ।दशैंको अघिल्लो दिन ओलीले झापामा बृहत चियापान आयोजना गर्ने समेत रिजालले बताए ।