राजनीति

बारामा हेल्मेटबिना मोटरसाइकलमा मन्त्रीको सवारी

By खबरहब

November 02, 2022

काठमाडौँ- निजगढ नगरपालिका– १ स्थित सिंगैलमा बहालबाला खानेपानी मन्त्री उमाकान्त चौधरी सवारी मोटरसाइकलका चालकले हेल्मेट नै नलगाई सवारी चलाएका छन् ।

चुनावी प्रचार प्रसारका लागि आएका बारा–१ का उम्मेदवार समेत रहेका उनी सवार मोटरसाइकलका चालकले हेलमेट नलगाई सवारी चलाएका थिए । मन्त्रीको यस्तो व्यवहार देखेर मतदाताहरूले नियम कानुनले ‘ठुलाबडा’ लाई नछुने हो की के हो भनेर प्रश्न गरेका छन् ।

निजगढबाट सिंगैल जाने क्रममा मन्त्रीले ट्राफिक नियम बिपरित हेलमेट नलगाइएको सवार भइरहँदा प्रहरीले समेत उनलाई रेकेनन् ।