तस्वीर- एएनआई

अन्तर्राष्ट्रिय

जम्मु कश्मीरमा १०६ जना लागूऔषध तस्कर पक्राउ

By खबरहब

November 02, 2022

काठमाडौँ- भारतको जम्मु कश्मीरमा लागूऔषधसम्बन्धी मुद्दामा १०६ जना पक्राउ परेका छन् ।

भारतीय समाचार संस्था एएनआईका अनुसार जम्मु कश्मीरमा १०६ जना लागूऔषध तस्कर पक्राउ परेका हुन् ।

उनीहरुलाई लागूऔषध एवम् नसालु पदार्थ ऐन १९८८ अनुसार कारवाही गरिएको बताइएको छ ।

पछिल्लो समय कश्मीरका अधिकारीहरुले लागूपदार्थको दुव्र्यसनलाई निरुत्साहित गर्न विभिन्न अभियानहरु सञ्चालन गर्दै आएको एएनआईले जनाएको छ ।