ब्रेकिङ स्टोरी

स्याङ्जामा कांग्रेसका धनराज गुरुङ २४ सय बढी मतले अगाडि

By खबरहब

December 02, 2022

काठमाडौं – मतगणना भइरहेको स्याङजा क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका धनराज गुरुङले अग्रता बढाउँदै लगेका छन् । सत्ता गठबन्धनका उम्मेदवार गुरुङले एमालेकी पद्मा अर्याललाई दुई हजार चार सय १८ मतले पछाडि पारेका हुन्।

शुक्रबार बिहान सार्वजनिक मत परिणाम अनुसार गुरुङले ११ हजार ९ सय २० मत पाएका छन् भने एमालेकी अर्यालले ९ हजार ५ सय २ मत ल्याएकी छन् ।

उक्त क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार टिकराज गुरुङले ५ हजार १ सय ९२ मत प्राप्त गरेका छन् ।

प्रदेशसभा (क) मा कांग्रेसका भोजराज अर्यालले दुई हजार ६ सय ५२ मतान्तरले अग्रता लिइरहेका छन् । अर्यालले १३ हजार ८ सय ४७ मत प्राप्त गरेका छन् भने नेकपा (एमाले) का मोहन रेग्मीले ११ हजार १ सय ९५ मत पाएका छन् ।