फाइल तस्वीर

राजनीति

दोलखामा माओवादीलाई सुरुवाती अग्रता

By खबरहब

December 02, 2022

काठमाडौं – दोलखामा प्रतिनिधि सभातर्फ नेकपा (माओवादी केन्द्र)की गंगा कार्कीले सुरुवाती अग्रता बनाएकी छन्।

सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी कार्कीले एक हजार १ सय ३९ मत ल्याएकी छन्। उनका प्रतिस्पर्धी नेकपा (एमाले)का बालकृष्ण सिवाकोटीले ९ सय ३२ मत पाएका छन्।

यस्तै दोलखा प्रदेश सभा (क) मा नेपाली कांग्रेसका कुन्दनराज काफ्लेले १ हजार ६ सय ६३ मत पाएका छन्। उनका प्रतिस्पर्धी नेकपा (एमाले)का नरबहादुर श्रेष्ठले १ हजार ५४ मत प्राप्त गरेका छन्।

प्रदेश सभा (ख) मा नेकपा (एमाले) का भरत केसीले अग्रता लिएका छन्। केसीले १ हजार ८ सय ६ मत प्राप्त गर्दा काँग्रेसका बर्मा लामाले १ हजार ५ सय २ मत पाएका छन्।