ब्रेकिङ स्टोरी

धनराज गुरुङ पद्मा अर्यालभन्दा २३२४ मतले अगाडि

By खबरहब

December 02, 2022

काठमाडौं – स्याङ्जा २ मा जारी मतगणनामा नेपाली कांग्रेसका धनराज गुरुङको अग्रता कायमै छ । सत्ता गठबन्धनका उम्मेदवार गुरुङले १२ हजार नौ सय ५१ मत प्राप्त गरी अग्रता लिइरहेका छन् ।

उनकी निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी उम्मेदवार पद्माकुमारी अर्यालले १० हजार छ सय २७ मतसहित पछ्याइरहेकी छन् । उनीहरुबीच दुई हजार तीन सय २४ मतान्तर छ ।

स्याङ्जा क्षेत्र नं २ (१) मा भने नेकपा (एमाले) का उम्मेदवार मोहन रेग्मीलाई दुई हजार सात सय ३० मतान्तरले पराजित गर्दा नेपाली कांग्रेसका उम्मेदवार भोजराज अर्याल विजयी भएका छन् ।