सांकेतिक तस्बिर

देश/प्रदेश

खाद्य प्रविधि डिभिजन कार्यालय काभ्रेका प्रमुख घिमिरे मृत फेला

By खबरहब

December 02, 2022

काठमाडौँ- खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय काभ्रेका प्रमुख दीपेन्द्र घिमिरे कार्यालयमै झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।

शुक्रबार दिउँसो सवा १२ बजे कार्यालय भवनको चौथो तलामा झुण्डिएको अवस्थामा फेला परेका प्रहरी निरीक्षक रजोश घिमिरेले जानकारी दिए ।

हाल घटनास्थलमा मुचुल्का उठाउने कार्य भइरहेको समेत प्रहरी निरीक्षक घिमिरेले बताए । मृतक घिमिरेको परिवार समेत घटनास्थलमा पुगिसकेका छन् ।

प्रहरीले मुचुल्का तयार उठाएपछि शवलाई पोष्टमार्टमको लागि धुलिखेल अस्पताल लगिने प्रहरीले जनाएको छ ।