राजनीति

हृदेयश त्रिपाठीको पार्टीले समानुपातिकमा पायो १८ हजार ४८ मत

By खबरहब

December 02, 2022

काठमाडौँ- हृदेयश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी नेपालले प्रतिनिधिसभामा समानुपातिकतर्फ १८ हजार ४८ मत पाएको छ । मधेश केन्द्रीत राजनीतिमा सक्रिय त्रिपाठी यस पटकको निर्वाचनमा पराजित भएका छन् ।

नवलपरासी बर्दघाट सुस्ता पश्चिम–१ बाट उम्मेदवार रहेका उनी कांग्रेसका विनोद चौधरीसँग पराजित भएका हुन् । चौधरीले २९ हजार ४९५ मत ल्याउँदा त्रिपाठीले २२ हजार ३०८ मत पाएका थिए ।

यसपटकको निर्वाचनमा सात हजार १८७ मतान्तरले पराजित भएका त्रिपाठी गत निर्वाचनमा भने विजयी भएका थिए । २०७४ को निर्वाचनमा नेकपा एमालेको चुनाव चिह्न लिएर उम्मेदवार बनेका त्रिपाठी जितपछि मन्त्रीसमेत भएका थिए ।