समाचार

काठमाडौँ उपत्यका र तराईमा हुस्सु, उच्च पहाडी तथा हिमाली भूभागमा हिमपात

By खबरहब

January 03, 2022

काठमाडौँ – काठमाडौँ उपत्यका र तराईका भूभागमा हुस्सु-कुहिरो लागेको छ ।

मौसम पूर्वानुमान महाशाखाले कुनै मौसमी प्रणालीको प्रभाव नभए पनि चिसो मौसमका कारण बिहान-साँझ हुस्सु-कुहिरो लागेको जानकारी दिएको छ। देशका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपात भएको जनाइएको छ ।

महाशाखाअनुसार दिउँसो देशभर आंशिक बदलीको सम्भावना रहेको छ। भोलि मंगलबार सुदूरपश्चिम र कर्णालीमा आंशिकदेखि सामान्य बदली रहनेछ भने बाँकी भूभागमा आंशिक बदली रहनेछ । राति सुदूरपश्चिम र कर्णालीमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ।