रोचक/विचित्र संसार

८० वर्ष पुरानो आँपको रुखसहित यसरी बनाइयो शानदार घर

By खबरहब

January 03, 2022

नयाँ घर बनाउँदै गर्दा अधिकांशले घर बनाउने स्थानमा भएका बोट बिरुवा काटेर फाल्छन् । तर विश्वमा केही यस्ता घरधनी छन् जसले घर बनाउने स्थानमा रहेका रुख काट्नुको सट्टा ती रुख नकाटी घर बनाएका छन् । यस्तै एक घरधनीले रुख नकाटी ४ तले सुन्दर भवन बनाएका छन् ।

कुल प्रदीप सिंह नामक आइआइटीका इन्जीनियरले सन् २००० मा एक यस्तो भवन बनाए जसको चर्चा विश्वभर छ । उनले भारतको उदयपुरमा ८० वर्ष पुरानो आँपको रुख नकाटी त्यसैमा समेटेर चार तले घर बनाए । जसका कारण यस घरलाई मानिस ट्रि हाउसका नामले समेत चिन्ने गर्दछन् ।

सिंहले बनाएको घर फुल फर्निश्ड भवन हो । जसमा सबै सुख सुविधा समावेश छ । उनको घरमा भान्सा, बेडरूम, बाथरूम, डाइनिंग हल तथा लाइब्रेरी समेत बनाइएको छ ।

तर यो भवन बनाउँदा उनले उक्त आँपको रुखको एउटा पनि हाँगा नकाटी बनाए । जसका कारण उनका कोठाहरुबाट आँपको हाँगा बाहिर निस्केको देख्न पाइन्छ । यस बोटमा जब फल लाग्छ ती फल घर भित्रै झुन्डिएको पाइन्छ । यस बोटमा झ्याल मार्फत कैयौँ पक्षी घरभित्रै आउने समेत गर्दछन् ।