काठमाडौँ– सहरी विकासमन्त्री रामकुमारी झाँक्री यतिबेला विवादमा तानिएकी छिन् । केही हप्तायता आफ्नो गृहजिल्ला गुल्मीमा रहेकी झाँक्री यतिबेला ‘पिर्के सलामी’ का कारण विवादमा तानिएकी हुन् ।
आफू सत्ताबाहिर हुँदा अरुको सलामीप्रति कटाक्ष गर्ने झाँक्रीले आफू मन्त्री हुँदा सलामी खाएको भन्दै उनको सामाजिक सञ्जालमा तीव्र आलोचना भएको छ ।
गुल्मीको मदाने गाउँपालिका–६, पुर्कोट दहस्थित ईलाका प्रहरी कार्यालय परिसरमा सलामी लिएको तस्वीर सामाजिक सञ्जालमा भाइरल बनेको छ । नेकपा एकीकृत समाजवादी पार्टीकी सचिवसमेत रहेकी झाँक्री गुल्मीका विभिन्न स्थानमा पुगेर आफ्नो पकड बढाउने प्रयास गरिरहेकी छिन् ।
यो क्षेत्र नेकपा एमालेका सचिव गोकर्ण विष्टको पनि निर्वाचन क्षेत्र हो । यही निर्वाचन क्षेत्रबाट उठ्ने सोच बनाएकी झाँक्रीले पिर्के सलामी लिएको भन्दै विरोध जनाएका छन् ।
झाँक्री चुनावी माहोल बनाउने याेजनासहित गुल्मी पुगेकी हुन् ।
चार वर्षअघि चुनावी अभियानकै क्रममा झाँक्रीले पुर्कोट दहका कांग्रेस निकट एक स्थानीय शिक्षकलाई थर्काएकी थिइन् । त्यतिबेला पनि उनको व्यापक विरोध भएको थियो । उनले त्यतिबेला स्थानीय शिक्षक बोमबहादुर कुँवरलाई फोनमा थर्काउँदै खुट्टा भाँच्ने धम्की दिएकी थिइन् ।
चुनावका बेला आफ्नो चरित्र हत्या गर्ने गरी कुँवरले सामाजिक सञ्जालमा स्टाटसहरु लेखेको भन्दै उनी कुँवरमाथि खनिएकी थिइन् ।
यतिबेला सोही ठाउँमा पुगेर उनी फेरि विवादमा तानिएकी हुन् । पुर्कोट दह उनले बाल्यकाल बिताएको ठाउँ पनि हो । उनले पुर्कोट दहकै श्री पृथ्वी उच्च माध्यमिक विद्यालयमा माध्यमिक तहसम्म अध्ययन गरेकी थिइन् ।
आफ्नो गाउँमा आएका बेला प्रहरीले उनलाई पिर्के सलामी गरेको विषयलाई लिएर सामाजिक सञ्जालमा झाँक्रीको व्यापक विरोध भएको छ ।
कतिपय स्थानीयले भने झाँक्री यस क्षेत्रको गौरव भएको भन्दै उनले खाएको सलामीलाई सामान्य लिनुपर्ने बताएका छन् ।
सामाजिक सञ्जाल फेसबूकमार्फत भानुभक्त आचार्यले रामकुमारी झाँक्रीले पिर्के सलामी लिएको विषयमा असहमति जनाएका छन् ।
‘विपक्षी हुँदा जे हुन्न भन्यो, सत्तामा पुगेपछि त्यही दोहोर्यायो । राजतन्त्र, प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र, जे आए पनि हामी बदलिएका छौँ र?,’ उनले लेखेका छन् ।
सलामीले किन विरोध भइरहेको छ झाँक्रीको ?
झाँक्री आफू मन्त्री हुनुभन्दा पहिले अरुले सलामी लिँदा विरोध जनाएकी थिइन् । यतिसम्म कि, उनले आफ्नै पार्टीका नेताहरुले सलामी खाएको यो कदमको विरोध जनाएकी थिइन् ।
अहिले आफैले सलामी लिएको तस्वीर सार्वजनिक भएपछि उनको चौतर्फी विरोध भएको हो ।
यो पिर्का त पहिलो, दोस्रो र तेस्रोलाई सम्मान स्वरूप पदक दिन उभ्याउने हो क्यारे ।
— Ram kumari Jhakri (@Jhakri_didi) July 5, 2019
दुई वर्षअघि झाँक्रीले नेकपा एमालेका नेताहरुले सलामी खाएको भन्दै विरोध गरेकी थिइन् । विरोध जनाएको एउटा ट्वीट भने उनले हटाइसकेकी छिन् ।
टेबल सलामी पिर्के सलामी पछि कुर्चि सलामी pic.twitter.com/wO1leT9b7A
— Ram kumari Jhakri (@Jhakri_didi) July 5, 2019
अहिले आफू मन्त्री भइसकेपछि सलामी खाएपछि उनको स्वभाविक विरोध भएको छ ।
हिजो पिर्के सलामीको विरोध गरि टोपल्ने रामकुमारी झाँक्री आज आफै पिर्के सलामी लिँदै । pic.twitter.com/HpKKwU55Il
— Mahabir Bishwakarma (@MahabirBswkrma) January 2, 2022
बोल्न पाइन्छ , गर्न पाइन्छ 1 रातमै 5 लाख झ्याप पार्न पाइन्छ अनि रुन पनि पाइन्छ भन्दै गर्दा अहिले श्री ५ बडा महारानी रामकुमारी राज्यलक्ष्मि देवि झाँक्री ज्यु सलामी अर्पण गरिबक्सदैँ।।। pic.twitter.com/2WynsNFOs1
— लुम्बिनीको काले (@loyalsolti) January 3, 2022
गुल्मीको मदाने गाउँपालिकास्थित इलाका प्रहरी कार्यालय पुर्कोट दहमा प्रहरीबाट ‘पिर्के सलामी’ लिँदै शहरी विकास मन्त्री रामकुमारी झाँक्री। pic.twitter.com/hHkwJhV0WK
— टि आर आचार्य (@_IAMTRA) January 2, 2022
झाक्री अनि समाजबादउन्मुख गणतन्त्र ।। pic.twitter.com/TlJDBgWNJ7
— Vimal Lamic (@juction4love) January 3, 2022