समाचार

नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा वैद्य नियुक्त

By खबरहब

January 03, 2022

काठमाडौँ– नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)को निमित्त प्रबन्ध निर्देशकमा कम्पनीका नायब प्रबन्ध निर्देशक प्रतिभा वैद्य नियुक्त भएकी छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट प्रबन्ध निर्देशकको पदका लागि दरखास्त आह्वान भएको तर हाल सो प्रक्रिया सम्पन्न भइनसकेकोले उनलाई निमित्त प्रबन्ध निर्देशकमा नियुक्त गरिएको हो।

मन्त्रालयले आइतबार टेलिकमलाई पत्र पठाउँदै वैद्यलाई सचिवस्तरीय निर्णयानुसार निमित्त प्रबन्ध निर्देशक भई कामकाज गर्न जिम्मेवारी तोकेको छ । वैद्यले कम्पनीको नायब प्रबन्ध निर्देशकको रुपमा प्रमुख प्राविधिक अधिकृतको कार्यभार सम्हाल्दै आएकी थिइन् भने सोमबारदेखि निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी सम्हालेकी छन् ।