मनोरञ्जन

कान्तिपुरको ‘म’ मा नरेन अनुबन्धित

By खबरहब

January 03, 2022

काठमाडौं– केही समयअघि मात्र फिल्म ‘बुलाकी’को छायांकन पुरा गरेर आराम गरिरहेका अभिनेता नरेन खड्का नयाँ फिल्म ‘म’मा अनुबन्धित भएका छन् । कान्तिपुर फिल्म एकेडेमीले निर्माण गर्न लागेको यो फिल्ममा नरेन प्रमुख भूमिकामा अनुबन्धित भएका हुन् । फिल्मका निर्देशक सुवर्ण थापा हुन् ।

सोमबारदेखि सुटिङ सुरु भएको फिल्ममा सविन श्रेष्ठ, निशा अधिकारी, सरोज खनाल, सरिता लामिछाने, रुबिना थापा, प्रमोद अग्रहरी, निराजन प्रधानलगायतको पनि अभिनय छ । एकेडेमीका सिइओ प्रकाश पुरीको लेखन रहेको फिल्ममा विमला गुरागाई निर्माता छिन् ।

नरेनले ‘हमेशा’, ‘परदेशी’ लगायतका फिल्ममा अभिनय गरिसकेका छन् । उनले ‘म’को स्क्रिप्ट र टिम राम्रो लागेकाले अभिनय गरेको बताए ।