क्रिकेट

भारतीय क्रिकेट टिमका ७ जनामा कोरोना पुष्टि

By खबरहब

February 03, 2022

काठमाडौं- भारतीय क्रिकेट टिमका ४ खेलाडीसहित ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। राष्ट्रिय टोलीका ४ खेलाडीसहित सात जनामा संक्रमण देखिएको हो।

भारतले वेस्ट इन्डिजविरुद्धको एकदिवसीय र टी–ट्वान्टी सिरिजका लागि राष्ट्रिय टोलीमा समेटिएका खेलाडी र अफिसियलमा संक्रमण देखिएको हो।

क्रिकइन्फोका अनुसार शिखर धवन, श्रेयस आयर, रुतुराज गायकवाड र नभदिप सैनीलाई संक्रमण पुष्टि भएको हो।

संक्रमण पुष्टि भएका खेलाडी र अफिसियल आइसोलेसनमा बसेको भारतीय मिडियाले जनाएका छन्। भारतले घरेलु मैदानमा वेस्ट इन्डिजविरुद्ध एकदिवसीय र टी–ट्वान्टी सिरिज खेल्नेछ।

एक दिवसीय सिरिज फेब्रुअरी ६ बाट सुरु हुनेछ भने टीट्वान्टी फेब्रुअरी १६ बाट हुनेछ।