सांकेतिक तस्वीर ।

समाचार

नागढुङ्गाबाट लागुऔषधसहित पक्राउ

By खबरहब

February 03, 2022

काठमाडौँ – काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ स्थित नागढुङ्गाबाट लागुऔषधसहित एक व्यक्तिलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

सुनसरीको धरानबाट काठमाडौँ आउँदै गरेको ना७ख ३२५५ नम्बरको बस जाँच गर्ने क्रममा लागुऔषधसहित सप्तरीका ४६ वर्षीय शिवचरण दासलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

उनले बोकेको झोलाबाट एक हजार २० एम्पुल लागुऔषध (डाइजेपाम, नोफिन र फेनारगन) फेला पारिएको थियो । हाल उनीमाथि औषध नियन्त्रण ऐन, २०३३ बमोजिम महानगरीय प्रहरीवृत्त थानकोटबाट थप अनुसन्धान भइरहेको जनाइएको छ ।