टिप्स

जुका–चुर्नाले सताए खानुहोस् यी ६ खानेकुरा

By खबरहब

February 03, 2022

मानिसको शरीरभित्र विभिन्न परजीवीहरू हुन्छन् । शरीर भित्रका यी परजीवीले पोषण सोसेर खाइदिइन्छ । शरीरका लागि हानिकारक यी परजीवी मार्न केही प्राकृतिक खानेकुरा पाइन्छन् ।

– लसुन ताजा लसुनमा एलिसिन पाइन्छ । यो प्राकृतिक रूपमै पाइने प्रभावशाली एन्टिबायोटिक्स हो । जसले २० किसिमका ब्याक्टेरिया, ६० किसिमका ढुसी र केही खतरनाक भाइरस मार्न सक्छ ।

– अदुवा शरीरभित्र रहेका जुकालगायतका परजीवीलाई मार्न अदुवा पनि प्रभावकारी उपाय हो । यसले आन्द्राको संक्रमणबाट बचाउँछ साथै आमाशयमा एसिडको नियमित उत्पादनमा पनि सहयोग पुर्‍याउँछ ।

– बेसार बेसारलाई आयुर्वेदिक औषधी मानिन्छ । बेसारले शरीरभित्र रहेका जुकाहरू लगायत अन्य विभिन्न परजीवीलाई मारेर शरीरबाट बाहिर निकाल्न मद्दत गर्दछ ।

– ल्वाङ ल्वाङमा कार्योफिलिन पाइन्छ । रगतमा ल्वाङमा पाइने त्यो तत्त्व मिसिएपछि शरीरभित्र रहेका परजीवी, तिनका अण्डा र लार्भालाई मारिदिन्छ।

– फर्सीको बियाँ फर्सीको बियाँमा क्युकुरविटासिन पाइन्छ । यसमा पनि प्रतिजैविक तत्वहरु पाइन्छ । त्यसले शरीरमा भएका परजीवी तथा तिनका लार्भा लाई पक्षघात गराएर निष्क्रिय बनाइदिन्छ ।

– मेवाका दाना मेवाका दानाले शरीरभित्र टेपवर्म र अन्य विभिन्न किसिमका परजीवी एवं जुकालाई मारिदिन्छ ।