समाचार

नक्कली प्रहरी सहायक निरीक्षक पक्राउ

By खबरहब

February 03, 2022

काठमाडौँ – प्रहरीले भद्रकालीबाट बुधबार नक्कली प्रहरी सहायक निरीक्षकलाई पक्राउ गरेको छ ।

सडकमा सवारी जाँच गर्ने क्रममा भक्तपुर सूर्यविनायक–८ डोलेश्वरका २६ वर्षीय सोनाम तामाङका साथबाट प्रहरी सहायक निरीक्षकको पोशाक तथा दज्र्यानी चिन्हसमेत लगाएको आठ वटा पासपोर्ट साइजको फोटा फेला परेको छ ।

उनीमाथि प्रहरीवृत्त सिंहदरबारबाट थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ ।