आर्थिक

फर्निचर आयातमा चिनियाँ अवरोधले होटल निर्माणमा समस्या

By एकराज बास्तोला

February 03, 2022

काठमाडौं – चीनले पर्याप्त फर्निचर तथा फर्निचरजन्य सामग्री निर्यात गर्न नचाहेपछि नेपालमा होटल निर्माणको काममा ढिलाई भएको छ।

यही वैशाख १ गतेदेखि सञ्चालनमा ल्याउने लक्ष्य लिएका सिद्धार्थ हस्पिटालिटी गुप्र र बाराही समूहका दुई होटलका लागि आवश्यक फर्निचर सामग्री नहुँदा काम ठप्प भएको हो।

चीनमा ‘सस्तो मूल्यमा’ फर्निचर तथा फर्निचरजन्य सामान पाइने हुँदा नेपालका अधिकांश होटलले चीनबाट फर्निचर तथा अन्य सामान ल्याउने गरेका थिए।

हाल होटल शेराटन, होटल बाराही, भंगेरी रिसोर्ट, थाइल्याण्डको हेरिटेज ब्राण्ड दुसित थानी र हायात प्यालेस निर्माणाधीन छन्।

चीनमा ‘सस्तो मूल्यमा’ फर्निचर तथा फर्निचरजन्य सामान पाइने हुँदा नेपालका अधिकांश होटलले चीनबाट फर्निचर तथा अन्य सामान ल्याउने गरेका थिए।

त्यसैगरी गैरआवासीय नेपाली संघका पूर्वअध्यक्षको स्वामित्वमा रहेको ठमेलमा निर्माणाधीन होटल शेराटन पनि सञ्चालनमा आउन अझै डेढ वर्ष लाग्नेछ।

होटलको निर्माण लागत १० अर्ब रुपैयाँ अनुमान गरिएको छ भने कोरोना भाइरस तथा अन्य कारणले थप २ अर्ब रुपैयाँले लागत बढ्ने अनुमान गरिएको छ।

पछिल्लो समय चीनले नेपाललाई फर्निचरसँग सम्बन्धित इन्टेरियर डिजाइनका सामान बिक्री गर्न प्राथमिकता नदिएपछि होटल निर्माणमा समस्या परेको छ।

चीनले आफ्ना फर्निचर निर्यात गर्न यूरोप, अमेरिकालगायत देशलाई प्राथमिकता दिएपछि नेपाली व्यवसायी समस्यामा परेका छन्।

यूरोपलगायत अन्य मुलुकबाट फर्निचर आयात गर्दा महँगो पर्ने भएकाले सस्तो मूल्यमा धेरै नेपाली व्यापारीले चीनबाट सामान आयात गर्दै आएका छन्।

चीन काठको फर्निचरको सबैभन्दा ठूलो निर्यातकर्ता पनि हो। चीनको सामान्य प्रशासनको तथ्याङ्कअनुसार सन् २०१८ मा चिनियाँ फर्निचर तथा पार्टपूर्जाहरूको निर्यात मूल्य ५३ अर्ब ६९ करोड अमेरिकी डलर थियो।

चीनले फर्निचर निर्यात गर्ने प्रमुख देशहरूमा यूरोपेली संघ, संयुक्त राज्य अमेरिका, हङकङ, जापान र भियतनाम पर्छन्।

चीनको राष्ट्रिय आर्थिक तथा सामाजिक विकासको तथ्याङ्कीय विज्ञप्ति अनुसार २०२० मा फर्निचर तथा फर्निचर पार्टपूर्जाको निर्यात मूल्य अघिल्लो वर्षको तुलनामा १२.२ प्रतिशतले बढेर ६३ अर्ब ५० करोड अमेरिकी डलर थियो।

कोरोना भाइरस महामारीको समयमा लगभग सबै उद्योग कुनै न कुनै रूपमा प्रभावित भएका छन्। तर, सन् २०२४ सम्ममा चीनको अनुकुलित फर्निचर बजार बढेर ५२ अर्ब ५४ करोड अमेरिकी डलर पुग्ने अपेक्षा गरिएको छ।

चीन फर्निचरको सबैभन्दा ठूलो निर्यातकर्ता हो। चीनको सामान्य प्रशासनको तथ्याङ्कअनुसार सन् २०१८ मा चिनियाँ फर्निचर तथा पार्टपूर्जाको निर्यात मूल्य ५३ अर्ब ६९ करोड अमेरिकी डलर थियो।

चाइना नेशनल फर्निचर एसोसिएसनको जानकारी अनुसार चीनमा पर्ल रिभर डेल्टा, याङ्त्जे रिभर डेल्टा , बोहाइ रिम, उत्तर–पूर्वी चीनका छवटा क्षेत्रलाई समेट्ने छ वटा फर्निचर उत्पादन क्लस्टरहरू छन्।

भैरहवामा सिद्धार्थ विजनेस ग्रुप अफ हस्पिटालिटीले निर्माण गरिरहेको पाँचतारे होटल फर्निचर तथा भित्री सजावटका सामग्री नहुँदा ढिलाई भएको हो। समयमै सामान नपुग्दा निर्माण अवधि लम्बिने र लागत पनि बढ्नेछ।

त्यस्तै, बाराही समूहले काठमाडौंको ठमेलमा सपिङ कम्प्लेक्ससहितको पाँचतारे होटल निर्माण गरिरहेको छ। फर्निचरलगायत अत्यावश्यक वस्तुको आगमनमा सञ्चालनको मिति ढिलो हुने अनुमान गरिएको छ।

बाराही समूहका कर्पोरेट सेल्स एण्ड मार्केटिङ डाइरेक्टर योगेन्द्रविक्रम थापाले होटल निर्माणको काम २० प्रतिशत बाँकी रहेको बताए।

नेपाली नयाँ वर्ष २०७९ बाट होटल सञ्चालनको तयारी पनि भइरहेको भए पनि फर्निचर लगायत अन्य सामानको अभावका कारण सञ्चालनको अवधि लम्बिने र लागत पनि बढ्ने बताए। होटलको ८० प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ। उनले भारतबाट आवश्यक सामग्री ल्याउँदै आएको बताए।

अहिले व्यापारीहरूले प्रतिक्षा शुल्क तिरेर तीन महिनादेखि चिनियाँ बन्दरगाहमा कन्टेनर राखिरहेका छन्। चिनियाँ बजार अरुको तुलनामा सस्तो भएकाले धेरै होटल व्यवसायीले चीन रोजेका छन्।

त्यसैगरी होटल एशोसिएसन अफ नेपाल (हान)का महासचिव साजन शाक्यले सरकारसँग लबिङ गरेर चीनबाट आयात हुने सामानको समस्या परेमा संस्थाले सहयोग गर्न तयार रहेको बताए। महामारीका कारण होटल क्षेत्रमा नराम्रो असर परेको र होटल निर्माणमा भएको ढिलाइले लगानी बढेको उनले बताए।

यसबाहेक, होटलहरू महामारीको समयमा ५ प्रतिशत अकुपेन्सीमा सञ्चालन गर्न बाध्य छन्। होटल व्यवसाय विस्तारै सहज हुने भन्दै यस विषयमा चिन्ता नगर्न सुझाव दिए। चीनले सहज रुपमा सामान आयात गर्न सहयोग नगरेपछि व्यापारीले चीनबाट भारत हुँदै सामान ल्याउन थालेका छन्।

करिब एक वर्षदेखि केरुङ बन्दरगाहमा चीनबाट आयात हुने सामान ठप्प हुँदा व्यवसायीले अर्बौं रुपैयाँ घाटा बेहोरेपछि केरुङ हुँदै सामान ल्याउन छाडेका छन्।

चीनले सहज रुपमा सामान आयात गर्न सहयोग नगरेपछि व्यापारीले चीनबाट भारत हुँदै सामान ल्याउन थालेका छन्।

चिनियाँ अधिकारीका कारण केरुङ र तातोपानी नाका हुँदै सामान आयात गर्न कठिन भएको बताइएको छ।

‘चीनबाट भारत हुँदै जहाजबाट सामान ल्याउन ४०/४२ दिन लाग्छ। तातोपानी र केरुङबाट बिना कुनै अवरोध ल्याइए २०/२२ दिनभित्र सामान नेपाल आइपुग्छ। व्यापारीहरू भारत हुँदै सामान आयात गर्न बाध्य छन्,’ डेनमार्कका पूर्वराजदूत विजयकान्त कर्णले भने। उनले यसलाई चीनले गरेको आर्थिक नाकाबन्दीको संज्ञा दिएका छन्।

ट्रेड प्रोटोकल अनुसार भूपरिवेष्ठित देशका लागि कुनै पनि देशले समुद्रसम्मको बाटो उपलब्ध गराउनुपर्छ। तर, चीनले प्रोटोकल उल्लङ्घन गरिरहेको भन्दै उनले पछिल्लो समय दुई–तीन ट्रक मात्र नेपाल भित्रिने गरेको बताए।

तर, अहिले चीनले नेपाली जनताको सहज पहुँचमा बाधा पुर्याएको छ, भने चीनको यो गतिविधिले चीनको अतिवादी मनोवृत्ति झल्काउँछ,’ उनले भने।

चीनतर्फका दुई नाका (तातोपानी–खासा र रसुवागढी-केरुङ) लामो समयदेखि सुचारु नभएको व्यवसायी र स्थानीयले गुनासो गर्दै आएका छन्। कोभिड–१९ सुरु भएपछि बन्द भएका केरुङ र तातोपानी नाका पूर्ण रुपमा सञ्चालन हुन सकेको छैन। दैनिक २ सय ५० ट्रक सामान बोकेर नेपाल प्रवेश गर्ने गरे पनि अहिले यी नाकाबाट दैनिक २० वटा मात्रै सवारी साधन नेपाल भित्रिने गरेका छन्।

रसुवागढी भन्सार कार्यालयका अनुसार रसुवागढी नाकाबाट दैनिक नौ ट्रक र तातोपानी नाकाबाट ११ ट्रक मात्र नेपाल भित्रिने गरेका छन्। नेपाल ट्रान्स हिमालय बोर्डर कमर्स एसोसिएसनका अनुसार चिनियाँ पक्षले नेपाल प्रवेश गर्न नदिँदा सामान बोकेका सयौं ट्रक चीनमा अलपत्र परेका छन्।

महामारी सुरु भएपछि बन्द केरुङ र तातोपानी नाका पूर्ण रुपमा सञ्चालन हुन सकेका छैनन् । दैनिक २ सय ५० ट्रक सामान बोकेर नेपाल प्रवेश गर्ने गरे पनि अहिले २० वटा मात्रै सवारी साधन नेपाल प्रवेश गर्छन् ।

स्थानीय होटेल व्यवसायी तेन्जिङ तामाङका अनुसार चीनका कारण नेपाली व्यवसायीले समस्या भोग्नुपरेको छ भने ट्रक मालिक पनि मारमा परेका छन्। कन्टेनर सञ्चालकले बैंकको ब्याजसमेत तिर्न नसकेको उनीहरु बताउँछन्। ‘चीनबाट दैनिक २०० भन्दा बढी ट्रकहरू आउँथे। अहिले ५ वटाभन्दा बढी ट्रक नेपाल प्रवेश गर्दैनन्,’ यातायात व्यवसायी अर्जुन पौडेलले खबरहबलाई बताए।

एक हजारदेखि १५ सय ट्रक पालो पर्खिरहेका छन्, चीनले सीमा नाकाबन्दी गरिरह्यो भने एक ट्रक पालो आउन एक वर्ष लाग्ने उनको भनाइ छ।

त्यस्तै, स्थानीय होटल तथा आयात-निर्यात व्यवसायी चेतेन गल्पो लामा भन्छन्, ‘पर्यटक आउन छाडेका छन्, पर्यटन गतिविधि पनि न्यून छन्। चीन नाका खोल्न आनाकानी गर्दै आएको छ।’