फाइल फोटो

समाचार

बेसीशहरमा हरेक सोमबार र बिहीबार कोरोना खोप लगाइने

By खबरहब

February 03, 2022

लमजुङ – बेसीशहर नगरपालिकाले साताको दुई दिन कोभिड-१९ विरुद्धको खोप लगाउने भएको छ ।

१२ वर्ष माथिकाले हरेक सोमबार र बिहीबार जिल्ला अस्पतालमा खोप लगाउन पाउनेछन् । अभियान २४ माघबाट सुरु हुनेछ ।

पहिलो तथा दोस्रो मात्रा र बुस्टर डोज लगाउन छुटेकाहरुले खोप लगाउन सक्ने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत इमनाथ कँडेलले बताए । पहिलो मात्र खोप लगाउन जाँदा उमेर खुल्ने आधिकारीक प्रमाणपत्र अनिवार्य गरिएको छ ।

दोस्रो मात्र खोप लगाउनेले भने पहिलो खोप कार्ड ल्याउनुपर्छ । बुस्टर डोजका हकमा दुबै मात्र खोप लगाएको खोप कार्ड अनिवार्य गरिएको छ । बुस्टर डोज लिन दोस्रो खोप लगाएको ६ महिना पूरा भएको हुनुपर्नेछ ।