मनोरञ्जन

‘ठगराज’ बनाउँदै लक्ष्मण

By खबरहब

February 03, 2022

काठमाडौं– फिल्म ‘ठगराज’ निर्माण हुने भएको छ । चलचित्र पत्रकार तथा लेखक, निर्देशक लक्ष्मण सुवेदीको लेखन, निर्माण तथा निर्देशनमा फिल्म बन्न लागेको हो ।

गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियासँगको सहकार्यमा दिलासा क्रिएसनको ब्यानरमा फिल्म निर्माण हुनेछ । सामाजिक कथावस्तुमा निर्माण हुने फिल्मको लक्ष्मणले आफ्नो जन्मदिनको अवसर पारेर औपचारिक घोषणा गरेका हुन् ।

फिल्ममा अभिनय गर्ने कलाकार तथा अन्य टिमको बारेमा केही समय पछि जानकारी गराइने निर्देशक सुवेदीले बताए । फिल्मको चैत्र अन्तिमबाट छायांकन गर्ने निर्माण टिमको योजना रहेको छ ।

सुवेदीले सामाजिक कथा, जीवनको यथार्थसँग नजिकसँगै कमेडी, लभ र सेन्टिमेन्टको संयोजन फिल्ममा हुने दाबी गरे ।