Relatives of people hospitalized after consuming cocaine cut with a toxic substance are seeen at San Bernardino Hospital in Hurlingham, Buenos Aires province, on February 2, 2022. - At least 17 people died and 56 more were hospitalized in a northwestern suburb of Buenos Aires after consuming cocaine cut with a toxic substance, possibly opioids, authorities said Wednesday. (Photo by Emiliano LASALVIA / AFP)

अन्तर्राष्ट्रिय

अर्जेन्टिनामा मिसावटयुक्त कोकिन खाँदा १६ जनाको मृत्यु

By खबरहब

February 03, 2022

व्युनोस आयर्स– मिसावट भएको कोकिन खादा अर्जेन्टिनामा कम्तिमा १६ जनाको मृत्यु हुुनुका साथै ५० जना बिरामी परेका छन् ।

अवैध लागु औषधमा केही विषय मिसाएको हुन सक्ने अनुसन्धानकर्ताहरुले विश्वास गरेका छन् । क्षेत्रीय सुरक्षामन्त्री पछिल्लो २४ घन्टाभित्र किनेर ल्याएका कोकिन फाल्न प्रयोगकर्तालाई आह्वान गरेका छन् ।

किनिएको लागु औषध एउटै स्थानबाट किनिएको र त्यहाँ विपन्न वर्ग बस्ने गरेको प्राप्त विवरणहरुमा जनाइएको छ । प्रहरीले विषादीयुक्त कोकिन बेचेको आरोपमा नौ जनालाई पक्राउ गरेको छ ।

पीडितले खाएको कोकिन छापमा मार्ने क्रममा नियन्त्रणमा लिइएको लागु औषधलाई जाँच गर्न अनुसन्धानकर्ताहरुले पोस्ट मार्टमको नतिजा कुरिरहेका छन् ।