बलिउड/हलिउड

हनी सिंहविरुद्ध अश्लीलता फैलाएको उजुरी

By खबरहब

February 03, 2022

मुम्बई(दैनिक जागरण)–भारतीय र्‍यापर हनी सिहंमाथि गीतमार्फत अश्लीलता फैलाएको उजुरी परेको छ । महाराष्ट्रको नागपुरस्थित एक जिल्ला अदालतले उनलाई आफ्नो भ्वाइस सेम्पल दिन भनेको छ ।

अदालतले स्थानीय प्रहरी थानामा यो स्याम्पल बुझाउन निर्देशन दिएको हो । हनी माथि गीतका माध्यमबाट अश्लीलता फैलाएको आरोप लागेको छ ।

जिल्ला र अतिरिक्त सत्र न्यायाधीश एस ए एस एम अलीले जनवरी २७ मा हनीलाई फेब्रुअरी ४ देखि फेब्रुअरी ११ सम्म नागपुरको पंचपौली प्रहरी थानामा हाजिर हुन आदेश दिएका थिए । अदालतले हनीद्वारा दर्ता गराएको एक निवेदनमा सुनुवाई गर्दै यो आदेश दिएको हो ।

अदालतले हनीलाई जनवरी २९ देखि फेब्रुअरी ४ सम्म दुबईको यात्रा गर्न अनुमति दिँदै फेब्रुअरी ४ देखि फेब्रुअरी ११ बीच प्रहरी थानामा हाजिर हुन भनेको छ । हनीको आवेदनप्रति अनुसन्धान अधिकारीले विरोध गर्दै गायक जनवरी २५ मा प्रहरी थानामा उपस्थित हुनुपर्नेमा त्यहाँ नआएकोमा आपत्ति जनाएका थिए ।

अनुसन्धान अधिकारीहरुले गायकले अनुसन्धानमा सहयोग नगरेको आरोप लगाएका छन् । पंचपौली प्रहरीले आनन्दपाल सिंह जब्बलको उजुरीका आधारमा गायकविरुद्ध धारा २९२ (अश्लील सामग्रीको बिक्री, वितरण) र आईपीसी तथा सूचना प्रौद्योगिकी अधिनियमको अन्य सम्बन्धित प्रावधान अनुसार उजुरी दर्ता गराएको थियो ।