राजनीति

एससीसी पास गराउन ठाकुरसँग देउवाको आग्रह

By खबरहब

February 03, 2022

काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई एमसीसीमा सहयोग गर्न आग्रह गरेका छन् ।

बिहीबार बालुवाटारमा भएको भेटमा देउवाले एमसीसी देशहितका लागि महत्वपूर्ण भएको भन्दै सहयोगका लागि आग्रह गरेका हुन् । प्रतिउत्तरमा जसपा अध्यक्ष ठाकुरले आफूहरू सकारात्मक रहे पनि एससीसीको विषयमा अन्तिम निर्णय गर्ने अधिकार सरकारलाई रहेको बताएको स्रोतले जनाएको छ ।

प्रधानमन्त्री देउवाले सभामुख अग्नीप्रसाद सापकोटाले एमसीसीको प्रक्रिया अगाडि बढाउन अवरोध गरे उनको विकल्प खोज्न सकिनेसमेत बताएका थिए ।