प्रतिकात्मक तस्वीर

समाचार

बारामा ३ हजार ५ सय घुससहित वडा सचिव पक्राउ

By खबरहब

February 03, 2022

बारा– बारामा ३ हजार ५ सय घुस रकमसहित वडा सचिव पक्राउ परेका छन् ।

हेटौँडास्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले कोल्हवी नगरपालिका–११ रामपुर्वाका वडा सचिव विनोदप्रसाद साहलाई घुस रकमसहित पक्राउ गरेको हो ।

जग्गा नामसारी सिफारिसका लागि सेवाग्राहीसँग घुस लिएको सूचनाका आधारमा साहलाई पक्राउ गरेको अख्तियारले जनाएको छ ।