समाचार

महोत्तरीमा जनमत पार्टीका ६ कार्यकर्ता पक्राउ

By खबरहब

February 03, 2022

महोत्तरी– महोत्तरीको बर्दिबासमा जनमत पार्टीका ६ कार्यकर्ता पक्राउ परेका छन् । आफूहरूका माग पूरा नभएको भन्दै बिहीबार चक्काजाममा उत्रिएका जनमत पार्टीका ६ कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा जिल्ला उपाध्यक्ष मकसुधन महतो, पिपरा गाउँपालिकाका धिरेन्द्र साह, बर्दिबास–६ का विनोदकुमार महतो, बलवा नगरपालिका–६ का वडाध्यक्ष नारायण साह, पिपरा गाउँपालिकाका अजितकुमार ठाकुर, गौशाला नगरपालिका–१ का वीरेन्द्र महतो छन् ।

सरकारले किसानको माग नसुनेपछि आफूहरू चक्काजाम गरेको उनीहरूले बताएका छन् ।