फाइल फोटो

समाचार

काठमाडौँ उपत्यकामा थपिए १ हजार ५०९ संक्रमित

By खबरहब

February 03, 2022

काठमाडौँ– पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १ हजार ५०९ संक्रमित थपिएका छन् ।

मन्त्रालयले आज सार्वजनिक गरेको विवरण अनुसार काठमाडौँ जिल्लामा मात्र १ हजार २४९ संक्रमित थपिएका छन् । त्यस्तै ललितपुरमा १८३ संक्रमित थपिएका छन् । भक्तपुर जिल्लामा ७७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

१२ हजार ६०५ जनामा गरिएको परीक्षणमा आज नेपालमा ३ हजार १७५ जनामा कोरोना पोजेटिभ पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार १० हजार २६ जनाको पीसीआर परीक्षण गर्दा २ हजार ७४२ जनामा कोरोना पुष्टि भएको थियो ।

त्यस्तै २ हजार ५७९ जनाको एन्टिजेन परीक्षण गर्दा ४३३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

सोही अवधिमा ८ हजार ७२३ जनाले कोरोनालाई जितेका छन् । १४ संक्रमितको मृत्यु भएको छ ।

अहिले देशभर ६३ हजार २९६ जना सक्रिय संक्रमित छन् ।

नेपालमा थप १४ कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ७७८ पुगेको छ ।