खेलकुद

दक्षिण कोरिया पहिलो पटक महिला एसिया कपको फाइनलमा

By खबरहब

February 03, 2022

काठमाडौँ– फिलिपिन्सलाई २-० अन्तरले पराजित गर्दै दक्षिण कोरिया भारतमा जारी एएफसी महिला एसियन कप-२०२२ को फाइनलमा प्रवेश गरेको छ ।

बिहीबार मुम्बईमा भएको खेलमा दक्षिण कोरियालाई जिताउन चो सो ह्युन र सन ह्वा येओनले एक-एक गोल गरे । पहिलो पटक सेमिफाइनल यात्रा तय गरेको फिलिपिन्स भने कोरियाविरुद्ध फिक्का रह्यो ।

अब, उपाधिका लागि कोरियाले चीन र जापानबीचको विजेतासँग खेल्नेछ ।