समाचार

नहरमा डुबेर बालकको मृत्यु

By खबरहब

February 03, 2022

उदयपुर– उदयपुरको त्रियुगास्थित नहरमा डुबेर तीन वर्षीय बालकको मृत्यु भएको छ ।

नहरमा डुबेर दोलखा स्थायी घर भई त्रियुगा नगरपालिका–७ मा बस्दै आएका तीन वर्षीय लेखनाथ अधिकारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

दिउँसो त्रियुगा खोलाको नहरमा खेल्ने क्रममा पानीमा डुबेका बालकलाई अचेत अवस्थामा आमाले फेला पारी उपचारका लागि जिल्ला अस्पताल लगिएपछि मृत घोषणा गरिएको थियो ।

घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालयले थप अनुसन्धान गरिरहेको छ ।