समाचार

लोकसेवाका स्थगित परीक्षाहरू फागुनमा हुने

By खबरहब

February 03, 2022

काठमाडौँ– लोकसेवा आयोगका स्थगित परीक्षाहरू फागुनमा सञ्चालन हुने भएको छ ।

कोरोना संक्रमणका कारण स्थगित गरिएका परीक्षाहरू फागुनमा गरिने भएको हो । लोकसेवा आयोगले उपसचिव वा सो सरह (अप्राविधिक र प्राविधिक), शाखा अधिकृत वा सो सरह (प्राविधिक) र स्वास्थ्य सेवातर्फ नवौँ, आठौँ र सातौँ तहको विभिन्न पदका लिखित परीक्षाहरू फागुन ६ गतेदेखि सञ्चालन गर्ने जनाएको छ ।

फागुन ७ गतेबाट सुरु हुने परीक्षा २०७९ वैशाख १४ गतेसम्म चल्नेछ ।

स्वास्थ्य मापदण्ड पूरा गरी परीक्षाहरू सञ्चालन हुने आयोगका उपसचिव एकनारायण शर्माद्वारा जारी सूचनामा भनिएको छ । आयोगले परीक्षा तालिका पनि सार्वजनिक गरेको छ ।