सांकेतिक तस्वीर ।

समाचार

ललितपुरमा खाल्डोमा गाडिएको अवस्थामा शव फेला

By खबरहब

February 03, 2022

ललितपुर– ललितपुरको गोदावरी नगरपालिका–१२ धापाखेलमा खाल्डो खनेर गाडेको अवस्थामा एक पुरुषको शव फेला परेको छ । घरको किनारमा खाल्डो खनेर पुरिएको अवस्थामा तेह्रथुमका ६२ वर्षीय मोहन लिम्बुको शव फेला परेको हो ।

यसअघि, गत माघ १२ र १३ गते मोरङको धनपालथान गाउँपालिका–७ स्थित उखुबारीमा २ जनाको शव फेला परेको थियो । अनुसन्धानमा एउटै समूहले मोरङमा दुई जना र ललितपुरमा एक जनालाई मारेको निष्कर्ष प्रहरीले निकालेको थियो ।

उखुबारीमा शव फेला परेको घटनाको अनुसन्धानका क्रममा काठमाडौंबाट १ जना पक्राउ परेका थिए । पक्राउ परेका व्यक्तिले दिएको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपीसहितको टोली काठमाडौँ आएको थियो । मोरङ प्रहरीको टोली र महानगरीय अपराध महाशाखाको संयुक्त टोलीले धापाखेलमा एउटा घर पछाडि खाल्डो खनेर गाडिएको अवस्थामा शव फेला पारेको हो ।

मोरङमा फेला परेको शव काठमाडौँ बस्दै आएका शम्भु चौधरी र भक्तपुर घर भई धरान बस्दै आएका ३९ वर्षीय राजेन्द्रकुमार श्रेष्ठको भएको खुलेको थियो ।

जग्गा कारोबारी उनीहरूबीच समस्या परेपछि हत्या गरिएको अनुसन्धानमा पाइएको प्रहरीले जनाएको छ ।