समाचार

आज राति देशका विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षा

By खबरहब

February 03, 2022

काठमाडौँ– देशमा अहिले पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । हाल सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली भई केही स्थानमा मेघगर्जन, चट्याङ र असिनासहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

साथै, अन्य प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार बिहीबार राति देशभर सामान्यदेखि पूर्ण बदली रहने छ । देशका धेरै स्थानमा मेघ गर्जन, चट्याङ र असिनासहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

देशका उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ ।

भोलिको मौसमः भोलि दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने छ । देशका धेरै स्थानमा मेघ गर्जन, चट्याङ र असिनासहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

साथै, गण्डकी तथा लुम्बिनी प्रदेशको एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना पनि रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।