समाचार

उदयपुरमा पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोध

By खबरहब

February 03, 2022

उदयपुर– नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा प्रदर्शन गरेको छ । पार्टीको संघर्षका कार्यक्रमअन्तर्गत प्रदर्शन गरिएको हो ।

प्रदर्शनमा सहभागी चन्द समूहका नेता तथा कार्यकर्ताहरूले जनताको दैनिक जीवनसँग जोडिने आधारभूत पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल फिर्ता लिन सरकारसँग माग गरे ।

मङ्गलबार राति १२ बजेदेखि नेपाल आलग निगमले पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ बढाएर पेट्रोलको प्रतिलिटर १४२, डिजल र मट्टितेलको प्रतिलिटर १२५ कायम गरेपछि विरोध हुँदै आएको छ । विरोध कार्यक्रममा जिल्लास्थित जनवर्गीय संगठनका नेता तथा जिल्ला सेक्रेटरी लक्ष्मण पौडेल र नगर ईन्चार्जहरूको उपस्थिति थियो ।

चन्द नेतृत्वको नेकपाले शुक्रबार नेपाल आयाल निगम घेराउको कार्यक्रम राखेको छ ।