फाइल फोटो

समाचार

राष्ट्रपति भण्डारी नेपाल आर्मीको स्वागत समारोहमा सरिक

By खबरहब

March 03, 2022

काठमाडौं-  राष्ट्रपति विद्यादेवी भण्डारी  महाशिवरात्रि एवं सेना दिवसका अवसरमा नेपाली सेनाद्वारा आज साँझ सैनिक मुख्यालय जङ्गी अड्डामा आयोजित स्वागत समारोहमा सरिक भएकी छन् ।

उनी  नेपाली सेनाका परमाधिपति हुनुहुन्छ । उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री एवं रक्षामन्त्री शेरबहादुर देउवा, कामु प्रधानन्यायाधीश दीपककुमार कार्की, सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना समारोहमा सहभागी भएका थिए  ।

समारोहमा मन्त्रीगण, सरकारका उच्चपदस्थ अधिकारी, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधि सहभागी जनाएका थिए। सेनाले महाशिवरात्रिका दिन सेना दिवस मनाउँदै आएको छ ।