मोबाइल पसलमा चोरी गर्ने दुई जना पक्राउ

By खबरहब

March 03, 2022

काठमाडौँ– काठमाडौँको बिशालनगरस्थित मोबाइल पसलमा चोरी गर्ने दुई जना पक्राउ परेका छन् ।

गत माघ १८ गते काठमाडौँ नगरपालिका–४ विशालनगरस्थित सुरज इलेक्ट्रोनिक्स मोबाइल पसलमा चोरी गरेको आरोपमा गोरखा गण्डकी–५ का २४ वर्षीय सुरेश गिरी र नेपालगञ्ज–५ का २२ वर्षीय गणेश क्षेत्री पक्राउ परेका हुन् ।

हाल बुढानीलकण्ठ बस्दै आएको उनीहरूलाई गंगबुबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीहरूले पसलको पछाडिको झ्याल फुटाई चोरी गरेका थिए ।

पसलबाट ३७ थान नयाँ मोबाइल, १५ थान मर्मतका लागि राखिएका मोबाइल, गितार १ थान तथा स्मार्ट घरी २५ थान चोरी भएको थियो ।

उनीहरूबाट प्रहरीले नयाँ मोबाइल ८ थान, पुराना मोबाइल ५ थान, स्मार्ट घडी ६ थान, गितार १ थान, पावर बैंक १ थान र आईआर नाइट भिजन १ थान बरामद गरेको छ ।