अन्तर्राष्ट्रिय

विश्वभर ४४ करोडभन्दा धेरैमा कोरोना संक्रमण

By खबरहब

March 03, 2022

काठमाडौं –विश्वभर कोरोना भाइरसको संक्रमण पुष्टि हुनेको संख्या ४४ करोड नाघेको छ। पछिल्लो २४ घण्टामा १४ लाख २० हजार संक्रमित थपिएसँगै विश्वभर कोरोना पुष्टि हुनेको संख्या ४४ करोड ६७ हजारभन्दा धेरै पुगेको हो।

कोरोनाको तथ्याङ्क अद्यावधिक गरिरहेको वल्डोमिटरका अनुसार अहिलेसम्म ३७ करोड २६ लाख निको भइसकेका छन्। गत २४ घण्टामा मात्रै १५ लाख ८१ हजारभन्दा धेरै संक्रमण मुक्त भएका हुन्।

यस्तै २४ घण्टामा ६ हजार बढी कोरोना संक्रमितको मृत्यु भएसँगै कोरोनाले ज्यान गुमाउनेको संख्या ५९ लाख ९० हजारभन्दा धेरै भएको छ।

अझै पनि ६ करोड १४ लाख सक्रिय संक्रमित रहेकामा ७६ हजारको अवस्था जटिल रहेको र बाँकीको अवस्था सामान्य रहेको वल्डोमिटरले उल्लेख गरेको छ।