फाइल फोटो

राजनीति

ग्याल्पो ल्होसारले राष्ट्रिय एकताका लागि प्रेरणा प्रदान गर्ने सभामुखको विश्वास

By खबरहब

March 03, 2022

काठमाडौँ – सभामुख अग्निप्रसाद सापकोटाले नेपालका मौलिक चाडपर्वहरूले विविधतालाई जीवित बनाइ राख्न मद्दत पुग्ने बताएका छन् ।

ग्याल्पो ल्होसारका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दै उनले यस पर्वले हामीबीच निकटता सम्मान भाव एवं मजबुद राष्ट्रिय एकताका लागि प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् ।

आज एक शुभकामना सन्देश जारी गरी सभामुख सापकोटाले यस्ता पर्वले सबै नेपालीबीच आपसी एकता, सद्भाव र बन्धुत्वको भावना अभिवृद्धि भई बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ तुल्याउन सघाउ पुग्ने बताएका छन् ।