संयुक्त राष्ट्र सङ्घका अनुसार रुसले आक्रमण गरे यता ६ लाख युक्रेनीले देश छोडिसकेका छन्। यसैगरी, युरोपेली युनियनले दिएको जानकारी अनुसार रुसी आक्रमणका कारण ४० लाख मानिस देश छाड्न तयार छन्। छिमेकी देशहरूले शरणार्थी सम्बन्धी नियममा लचिलो बन्दै खुला हृदयले स्वागत गर्ने बताएका छन्।
शरणार्थी पश्चिम सीमाबाट छिमेकी देशतर्फ गइहरेका छन्। पोल्यान्ड, रोमानीया, स्लोभाकीया, हंगेरी र माल्डोभा उनीहरूको मुख्य गन्तव्य बनेको छ। राष्ट्र सङ्घले सोमबारसम्म युक्रेनबाट ती देशमा ६ लाख ७० हजार जनाको प्रवेश भएको जानकारी दिएको हो।
पोल्यान्डमा सबैभन्दा धेरै ३ लाख ७७ हजार शरणार्थी पुगेका छन्। यो तथ्याङ्क सोमबार सम्मको मात्र हो। यो सङ्ख्या प्रत्येक दिन बढी रहेको छ। त्यहाँको विदेश मन्त्रालयले जनाए अनुसार प्रत्येक दिन ५० हजार थप शरणार्थी युक्रेनबाट पोल्यान्ड पुग्ने गरेका छन्। पोल्यान्डले घाइते युक्रेनीलाई ओसार पसार गर्नका लागि मेडिकल रेल तयार गर्न लागेको छ। यसैबाट १ हजार २ सय ३० जना युक्रेनीलाई अस्पताल पनि लगिएको छ।
पछिल्ला वर्षमा १० लाख भन्दा बढी युक्रेनी पोल्यान्ड पुगेका छन्। खास गरेर रुसले क्रेमियामाथि धावा बोलेपछि सन् २०१४ यता यसरी पोल्यान्ड जानेको क्रम बढ्दो छ।
एक मार्चको तथ्याङ्क अनुसार हंगेरीले ८९ हजार ५ सय ६१, माल्डोभाले ६५ हजार ३ सय ९१, स्लोभाकीयाले ५४ हजार ३ सय ४,रोमानीयाले ३८ हजार ४ सय ६१ तथा बेलारुसले ३ सय २९ शरणार्थीलाई आफ्नो देशमा प्रवेश गराएका छन्।५१ हजार ७ सय ९७ जना भने अन्य देशमा पुगेका छन्।
शरणार्थीलाई विदेश प्रवेश गर्न कुनै कागजातको माग गरिएको छैन। तर, ट्राभल पासपोर्ट, बच्चाको जन्म दर्ता र स्वास्थ्य कागजात भने बोकेर हिँड्न भनिएको छ। शरणार्थीको सुविधा पाउन भने उनीहरू युक्रेनी नागरिक हुन पर्ने या विदेशी भए पनि युक्रेनको स्थायी बासिन्दा हुनुपर्नेछ।
शरणार्थीलाई विदेश प्रवेश गर्न कुनै कागजातको माग गरिएको छैन। तर, ट्राभल पासपोर्ट, बच्चाको जन्म दर्ता र स्वास्थ्य कागजात भने बोकेर हिँड्न भनिएको छ। शरणार्थीको सुविधा पाउन भने उनीहरू युक्रेनी नागरिक हुन पर्ने या विदेशी भए पनि युक्रेनको स्थायी बासिन्दा हुनुपर्नेछ।
खराब मौसमका कारण पोल्यान्डको सीमा क्षेत्र पार गर्न ६० घण्टासम्म मानिस लाइन लागेर बसेका पनि थिए। रोमानीयामा पनि सीमा पार गर्न मानिसले २० घण्टा लाइन लागेर बसेका थिए। धेरैले रेलमा चढ्न पनि सङ्घर्ष गर्नु परेको थियो।
पोल्यान्डमा कुनै आफन्त या साथी नभएका युक्रेनीलाई बस्न एउटा आवास केन्द्र बनाइएको छ। पोलिस सरकारले नै त्यहाँ निःशुल्क खाना र स्वास्थ्योपचार व्यवस्था मिलाएको छ।
हंगेरी र रोमानीयाले शरणार्थीलाई जीवन यापनका लागि आर्थिक सहयोग गर्ने नीति लिएको छ। यसैगरी बच्चालाई अस्पताल लगिएको छ। ती देशले कत्ति समय शरणार्थी आफ्नो देशमा राख्ने अनिश्चित छ।
चेक गणतन्त्रले ‘माइग्रेसन वेभ प्रिपेडनेस प्लान’ सार्वजनिक गरेको छ। यस अनुसार त्यहाँ बस्न चाहने युक्रेनीले विशेष भिसाका लागि निवेदन दिन सक्ने छन्।
एक मार्चको तथ्याङ्क अनुसार हंगेरीले ८९ हजार ५ सय ६१, माल्डोभाले ६५ हजार ३ सय ९१, स्लोभाकीयाले ५४ हजार ३ सय ४,रोमानीयाले ३८ हजार ४ सय ६१ तथा बेलारुसले ३ सय २९ शरणार्थीलाई आफ्नो देशमा प्रवेश गराएका छन्।५१ हजार ७ सय ९७ जना भने अन्य देशमा पुगेका छन्।
बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले आफ्नो देशले अहिले २ लाख युक्रेनी शरणार्थीलाई स्वीकार गर्न सक्ने बताएका छन्। तर, युद्ध लम्बिँदै गएमा यो सङ्ख्या अझ बढी पनि हुन सक्ने जनाइएको छ।
त्यहाँका व्यावसायिक क्षेत्रले थप सहयोग गर्ने जनाएका छन्। बेलायती सरकारले थप सुविधाबारे चाँडो जानकारी गराउने पनि जोन्सनले बताएका छन्। यो बेलायती सरकारको पछिल्लो धारणा मात्र हो। यस भन्दा अगाडि बेलायतमा आफन्त भएका युक्रेनीलाई मात्र प्रवेश दिइने नीति लिएको थियो। २७ फेब्रुअरी कै दिन बेलायतले अस्थायी भिसाका लागि केही प्रावधान राखेर सूचना जारी गरेको थियो।
श्रीमती बेलायती नागरिक भएको तथा दुई वर्षदेखि बेलायतीसँग लिभिङ टुगेदर सम्बन्धमा रहेकालाई यो सुविधा दिइने जनाइएको थियो। यसैगरी, युक्रेनका रहेका १८ वर्ष मुनिका बाल बच्चाका अभिभावक, १८ वर्ष मुनिका बच्चा, बच्चाका हजुरबा र हजुरआमा, वयस्क बच्चा, नजिकको दाजुभाइ तथा एउटै घरमा बसोबास गर्नेलाई पनि यो सुविधा प्रदान गर्ने निर्णय गरिएको थियो। किभको भिसा प्रोसेस केन्द्र बन्द भए पनि पश्चिमी सहर लिभिभबाट यो काम हुने जनाइएको थियो।
राष्ट्र सङ्घले जनाए अनुसार लडाइँ सुरु भएपछि १ लाख ६० हजार युक्रेनी आफ्नो स्थान छोडेर युक्रेनकै अर्को स्थानमा पुगेका छन्। अहिले १ करोड ८० लाख युक्रेनी युद्धबाट प्रत्यक्ष प्रभावित भएका छन्। युरोपियन युनियनका अनुसार ज्यान जोगाउनका लागि आफ्नै देशको अर्को ठाउँमा पुग्नेको सङ्ख्या ७० लाखसम्म पुग्न सक्नेछ।
शरणार्थीका लागि राष्ट्र सङ्घीय उच्चस्तरीय आयोगले आफूहरूले आन्तरिक रूपमै विस्थापित भएकालाई सहयोग गर्न चाहे पनि युद्धका कारण त्यहाँका वातावरण कामदारका लागि असुरक्षित भएको जनाएको छ। राष्ट्र सङ्घले युद्धको कम प्रभावित स्थान युक्रेनको पश्चिमी क्षेत्रमा सहयोग पठाउने तयारी गरेको छ।
हुन त यो सामान्य अनुमान हो। ‘ह्युमेनेटेरियन एड एन्ड क्राइसिस म्यानेजमेन्ट’का युरोपेली कमिस्नर जानेक लेनारसिक भन्छन्, ‘यो सङ्ख्या धेरै ठूलो हो। हामीले इतिहासमै हुने यस्ता दुर्लभ घटनाका लागि तयारी गर्नु पर्ने हुन्छ।’
शरणार्थीका लागि राष्ट्र सङ्घीय उच्चस्तरीय आयोगले आफूहरूले आन्तरिक रूपमै विस्थापित भएकालाई सहयोग गर्न चाहे पनि युद्धका कारण त्यहाँका वातावरण कामदारका लागि असुरक्षित भएको जनाएको छ। राष्ट्र सङ्घले युद्धको कम प्रभावित स्थान युक्रेनको पश्चिमी क्षेत्रमा सहयोग पठाउने तयारी गरेको छ।
युरोपेली युनियनले नै युद्धका कारण शरणार्थी हुनका लागि त्यहाँ निस्फिक्री बस्न र काम गर्न पाउने अधिकार निश्चित गर्ने भएको छ।
युनियन अन्तरगतका सबै देशमा अबका तीन वर्षसम्म रहन दिइने छ। उनीहरूले सामाजिक सुरक्षाको सुविधा पनि पाउने छन्। यसमा आवास स्वास्थ्य सुविधा र बच्चाका लागि स्कुलको व्यवस्था हुने छ।
सन् १९९० मा बाल्बनको युद्धपछि युरोपेली युनियनले यो गाइडलाइन तयार पारे पनि अहिलेसम्म उपयोग भएको छैन। सामान्य नियम अनुसार नै युक्रेन छाड्नेले आफूले चाहेको स्थानमा बसोबास गर्न पाउँछन्।
युक्रेन र रुस युद्धका कारण युरोपका धेरै देश प्रभावित भए। मानवताका कारण युक्रेनीलाई सहयोग गर्नै पर्ने बाध्यतामा रहेका ती देशले आर्थिक भार त सहे नै, विगत देखिको शरणार्थी नीतिलाई लचिलो बनाउँदै लैजानु पर्ने बाध्यतामा पनि पुगे।
यमन र सिरिया पनि लामो समयदेखि गृह युद्धको चपेटमा परेका छन्। ती देशबाट यस अघि गएका शरणार्थीले अहिले युक्रेनीले झैँ सहज रूपमा अर्को देशमा प्रवेश पाएका थिएनन्। रुस र युक्रेनको युद्धसँगै सबै यमन र सिरियाका शरणार्थीका लागि पनि लचिलो नीति लिन आवश्यक त होइन ? भन्ने बहस पनि सुरु भएको छ।
दोस्रो विश्व युद्धपछि एकै पटक यत्ति धेरै शरणार्थीको समस्या संसारमा देखिएको छ। रुस र युक्रेन युद्ध भन्दा अगाडि सिरिया र अफगानिस्तानको समस्याले शरणार्थीको रूपमा युरोप र पश्चिमा देशमा प्रवेश गर्न चाहनेको सङ्ख्या पनि बढी रहेकै थियो।
रुस र युक्रेनमा जारी युद्धको समयमा शरणार्थीकै बारे अमेरिकी नीति के बन्ने भन्ने चासो धेरैलाई हुनसक्छ। युक्रेनबाट तत्कालका लागि युरोप सहज गन्तव्य भए पनि अमेरिकाले पनि यसका बारे लचिलो नीति लिइसकेको छ। ह्वाइट हाउसका प्रेस सेक्रेटरी जेन पसास्कीले राष्ट्रपति जो वाइडेन युक्रेनबाट आउनेलाई स्वीकार्न तयार भएको कुरा उल्लेख गरेका छन्।
अमेरिकासम्म जानका लागि धेरै कठिनाइ भए पनि छिमेकी देशको यात्राका लागि पनि अमेरिकी सहयोग रहेको छ। युक्रेनबाट पोल्यान्डतर्फ पुगेका शरणार्थी सीमा पार गराउने सवालमा अमेरिकी सैनिकले सहयोग गरेका छन्।
अस्ट्रियामा पनि युक्रेनी शरणार्थी जाने क्रम त्यत्ति धेरै छैन। तथापि अस्ट्रियाले पनि त्यहाँ पुग्ने सबै युक्रेनीलाई खुला स्वागत गर्ने जनाइएको छ।
दोस्रो विश्व युद्धपछि एकै पटक यत्ति धेरै शरणार्थीको समस्या संसारमा देखिएको छ। रुस र युक्रेन युद्ध भन्दा अगाडि सिरिया र अफगानिस्तानको समस्याले शरणार्थीको रूपमा युरोप र पश्चिमा देशमा प्रवेश गर्न चाहनेको सङ्ख्या पनि बढी रहेकै थियो। युक्रेन र रुस युद्धमा युरोपेली देशले लिएको लचिलो शरणार्थी नीति भने प्रशंसनीय छ। एजेन्सीको सहयोगमा