समाचार

जाजरकोटमा १७० किलोवाटको सोलार मिनिग्रेट, ४१७ परिवार लाभान्वित हुने

By खबरहब

March 03, 2022

जाजरकोट – वैकल्पिक उर्जा प्रर्वद्धन केन्द्रले जाजरकोटको बारेकोट गाउँपालिका-५ तोलखानामा १७० किलोवाटको सोलार मिनिग्रेट स्थापना गरेको छ।

४१७ घरपरिवार लाभान्वित हुनेगरी मिनिग्रेट स्थापना गरिएको जलस्रोत तथा उर्जा विकासमन्त्री गणेशप्रसाद सिंहले जानकारी दिए ।

विद्युतको पहुँच नपुगेको बारेकोट गाउँपालिकामा तत्काल यहाँका सर्वसाधारणलाइ बत्ती दिने उद्देश्यले यो काम गरिएको मन्त्री सिंहले बताए । बुधबार सिंहले सो मिनिग्रेटको उद्घाटन गरे ।

जाजरकोट सदरमुकामबाट ७२ किलोमिटर उत्तरपूर्वमा रहेको तोलखाना, नायकबाडा, पाखा लगायत गाउँ सोलारबाट विद्युतीकरण हुन लागेका हुन् ।

स्थानीय खड्कविक्रम शाहीले भने, ‘टुकीको भरमा थियौँ, सोलार बत्ती आएपछि हामी खुसी छौँ ।’

बारेकोट गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहले सबै नागरिकमा विद्युत पुर्‍याउन काम भइरहेको बताए ।